शैक्षिक प्रोत्साहन वृत्तिको लागि आवश्यक योग्यता:
- दश जोड दुई वा सो सरहको परीक्षामा कम्तीमा C+ ग्रेड वा GPA 2.4 वा सो सरह अङ्क प्राप्त
गरी उत्तीर्ण भएको,
- स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त स्वदेशी
शिक्षण संस्थामा भर्ना भई स्नातक तहको प्रथम वर्षमा अध्ययन गरिरहेको,
- पच्चीस वर्ष उमेर पूरा नभएको,
- निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल वा नेपाल सरकार वा
प्रदेश सरकार वा स्थानीय तह वा अन्य सार्वजनिक सेवाको पदमा स्थायी नियुक्ति नभएको। यो
सूचना मन्त्रालयको वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ।